बालन्द राईबारे
च्याटभ्यू - १
राम अविकास
"याद रित्तो साथ रित्तो फिका लाग्छन् रहरहरु
जहाँ जाऔं तिमी विना रित्तै लाग्छन् सहरहरु
घाउ तिमी जिन्दगीको बल्झिरह्यौ सधैँ भरि
(शब्द: बिष्णुबाबु देबकोटा, सङ्गीत: बालन्द राई, स्वर : स्वरुपराज आचार्य, एल्वम :
रित्तो याद)
हो, मैले यहाँ सङ्गीतकारको कुरा गर्न खोजेको हुँ।
'मेरो
दिल रुवाई तिमि
सुखी बन्नु तिमीलाई बधाई ...' बोलको गीत नसुन्ने कमै होलान्। यो गीत गायपछि
बालन्द राई चर्चामा आएका हुन्। हाल उनी गाउनभन्दा पनि ट्युनिङ् गर्नमा मस्त
भेटिन्छन्। उनको आफ्नै 'सङ्गीत सागर डिजिटल
रेकर्डिङ स्टुडियो' छ, जहाँ उनी कहिले
ट्युनिङ् गरिरहेका त कहिले गीत रेकर्ड
१. सङ्गीत के हो?
सङ्गीतको
परिभाषा व्यक्ति अनुसार फरक हुन्छ, तर
मेरो हकमा भन्नुपर्दा, सङ्गीत
कलात्मक अभिव्यक्ति दिने शैली हो, अर्को
शब्द मा, सङ्गीत
क्रान्ति पनि हो र शान्ति पनि हो ।
२.
ट्युनिङ गर्ने एक कुनामा हुन्छ, स्वर भर्ने अगाडि बढ्छ।
यस्लाई कसरी हर्नु हुन्छ?
सिर्जना
मुलत: आत्मा सन्तुष्टिको लागि गरिने भएकोले यसमा मेरो खासै आपत्ति छैन। स्वर
भर्नेको निश्चित उमेरको हद लागू हुन्छ भने सङ्गीत भर्नेको हातका औंला चलुन्जेल
म्याद हुन्छ नि, हैन र!
३.
तपाईले सङ्गीत गरेका गीतहरुमा कि 'जीवन' हुन्छ कि 'माया प्रेम', किन होला?
मलाई
देशको गीत गाउन मन लाग्छ, जीवनजगतको
गीत पनि मन पर्छ, तर
रोजी रोटीको सवालले गर्दा यो गर्छु, त्यो
गर्दिनँ भन्न नसकिने रहेछ। यो सब सम्झौता का कुरा हुन् ।
४.
तपाईँको सङ्गीतको मेलोडी र र जीवनको मेलोडीमा कत्तिको
तालमेल छ?
मेरो
सङ्गीतको मेलोडी र जीवनको मेलोडी प्राय: उसतै उस्तै हो। किनकि सिर्जना मनको सत्य अभिव्यक्ति हो। होला, जीवनले
कुनै बेला केही भौतिक रहर अलिक बेसी खोज्यो होला।
५.
प्रचारमा किन लाग्नु भएन?
प्रचार गरिएका समानप्रति मेरो ४०% मात्रै विस्वास छ।
अनावस्यक प्रचारले भरिएको रहर पानीको फोका जस्तै हुने हुनाले प्रचारको कमि सङ्गसङ्गै
त्यो
बस्तु को अभाबको मूल्य पनि सकिने हुन्छ। मलाई प्रचारप्रति कुनै लालच छैन, नुन र सुन लाई प्रचार को आवश्यता पर्दैन भन्ने
ठान्छु।(Published. हेटौँडा सन्देश दैनिक १७ चैत्र ०६९ स्तम्भ-च्याटभ्यू)
No comments