ब्यवहार सुधार्नु जरुरी छ !
राम अविकास
"बिहानी खबरः
भानु उच्च माविमा आदिकवि भानुभक्त आचार्यको प्रतिमा प्रतिस्थापनका लागि शिलान्यास कार्यक्रम सम्पन्न भयो ।भानुभक्तका खलक एवम् प्रमुख अतिथि डा.व्रतराज आचार्यद्वारा शिलान्यास गरिएको सो कार्यक्रममा अग्रज साहित्यिक पत्रकार एवम् अभिव्यक्तिका
सम्पादक/प्रकाशक नगेन्द्रराज शर्मा,जनमत मासिकका मोहन दुवाल/भारति श्रेष्ठ,नेपाली गजलका पुनर्जागरणकर्ता ज्ञानुवाकर पौडल, प्रतिमा प्रतिस्थापना संयोजक आरसि रिजाल, तुल्सी थापा,आरआर चैलागाईं,साम्ब ढकाल,निमेष निखिल,देवराज खरेल,रमेशमोहन अधिकारी,चितवने साहित्यकार एवम् युवा समालोचक रमेश प्रभात, सुवास खनाल लगायत मकवानपुरे स्रष्टाहरू र स्थानीय शुभचिन्तकहरूको राम्रो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।"
"दिवा खबरः
विगत एक दशकदेखि मकवानपुरबाट प्रकाशनारम्भ साहित्यिक त्रैमासिक अक्षय अक्षरले सम्मानको कार्यक्रमको थालनी गरेको छ । जसमा यस पटक अनुसन्धाता श्री शिव रेग्मी र जनमतका सम्पादक श्री मोहन दुवाललाई सम्मान गरियो । डा.व्रतराज आचार्य,जनमत मासिकका मोहन दुवाल/भारति श्रेष्ठ, गजलकार ज्ञानुवाकर पौडल,तुल्सी थापा,आरआर चैलागाईं,श्रीराम पाण्डे,साम्ब ढकाल,रमेशमोहन अधिकारी, चितवने साहित्यकार एवम् युवा समालोचक रमेश प्रभात,प्रहरी उपरिक्षक गुप्तबहादुर श्रेष्ठ, सुवास खनाल, समाजसेवी मुक्ति गोविन्द बैद्य,गणेशकुमार पौडेल लगायतकाको समुपस्थितिमा जनमतको मकवानपुर विशेषाङ्कको अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले सार्वजनिकीकरण गर्नुभएको थियो ।"
"सन्ध्या खबरः
झरना साहित्यिक परिवारको १६२ औं शृङ्खला ललितपुर जिल्लामा कर्मथलो बनाएका लेखक गोपाल सञ्जेलको उपन्यास बिस्मातमाथि परिचर्चाको कार्यक्रमको रूपमा सम्पन्न भएको छ । जनमत मासिकका मोहन दुवालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा जनमतका प्रकाशक भारती श्रेष्ठ, गजलकार ज्ञानुवाकर पौडल,तुल्सी थापा,आरआर चैलागाईं,श्रीराम पाण्डे,साम्ब ढकाल,रमेशमोहन अधिकारी, चितवने साहित्यकार एवम् युवा समालोचक रमेश प्रभात,प्रहरी उपरिक्षक गुप्तबहादुर श्रेष्ठ, सुवास खनाल, समाजसेवी मुक्ति गोविन्द बैद्य लगायतकाको समुपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।"
मैले उठाउन खोजेको मुद्दा के हो भने हामीले आफूलाई कहाँ अग्रस्थानमा भेट्यौँ र कहाँ अग्रस्थानमा प्रस्तुत गर्यौँ भन्ने हो। एकै दिनमा मकवानपुरमा तीन-तीनवटा विशिष्ट कार्यक्रम हुनु हाम्रो लागि गौरवको विषय हो तर यस्तो अवसरमा पनि हामीले आफूलाई कसरी प्रस्तुत गर्यौँ, त्यो गहन विषय हो। यहाँ कवि साम्ब ढकालले मकवानपुरेलाई तल्लो स्थानमा देखिने गरी समाचार सम्प्रेशण गर्नु भयो भन्ने मेरो आशय हुँदै होइन। उहाँले त त्यसरी नै समाचार सम्प्रेशण गर्नु भयो जसरी आयोजक संस्थाहरुले अतिथिलाई आशनग्रहण गराए। यहाँका पत्रकारहरु अगाडि बढेर गर्नुपर्ने कार्य(जुन यहाँ भएको देखिएन)लाई कवि ढकालले गर्नु भयो जुन स्तुत्य छ। प्रश्न त यहाँका साहित्यक संस्थाहरु माथि उठाउन खोजेको हुँ जस्ले आफ्नो जिल्लाको सर्जकहरुलाई कसरी हेरिरहेछ भन्ने विषयमा हो।
मकवानपुर बाहिरका केही साहित्यक कार्यक्रमहरुमा आफू कार्यरत रेडियोको तर्फवाट सहभागि भएको छु जहाँ कार्यक्रमको प्रमुख अतिथि र विशिष्ट अतिथि मात्रै जिल्ला बाहिरका हुन्छन् (यदि आफ्नो जिल्लाकाले त्यो हैसियत राख्दैनन् भने)। अतिथिहरुको आशनग्रहणमा उनीहरु प्रष्ट छन् - पहिला आफ्नो जिल्लाबाट कस्लाई देखाउन खोजिएको हो उहाँहरुको आशनग्रहण गराइन्छ अनि मात्रै अन्यजिल्लाबाट आमन्त्रितहरुको आशनग्रहण गराइन्छ। जुन आफ्नो माटो/स्थान/सर्जक/जिल्लाप्रतिको सम्मान हो। तर हाम्रो मकवानपुरमा यस्तो भएको भेटिँदैन। हामीकहाँ त बाहिर जिल्लाका ऐरे-गैरे-खैरे (निमन्त्रितको पछिलागेर आउने सिकारु) सम्मकालाई अतिथिको आशनग्रहण गराए पछि मात्रै मकवानपुरे सर्जकको पालो आउँछ चाहे हाम्रा ती सर्जक राष्ट्रियस्तरका नै किन नहुन्। यसमामलामा रेडियो थाहा सञ्चार एउटा यस्तो संस्था हो जस्ले हरेक वर्ष लक्ष्मीजयन्तीको दिन गर्ने प्रतक्ष्य प्रशारणको साहित्यिक कार्यक्रममा प्रमुख अतिथि मकवानपुरकै सर्जक हुनु पर्ने निर्णयका साथ कार्यान्ययन गर्दै आएको छ।
मकवानपुरे साहित्यक संस्थाहरु, आफ्नो आँखा खोल र हेर आफ्नो वरपरका समाजलाई र परिवर्तन गर आफ्नो व्यवहारलाई। जब तिमी आफैमा आत्मविश्वास राख्न सक्दैनौ र स्वअस्थित्वलाई स्वीकार्न सक्दैनौ भने तिमीलाई कसैले पनि टेरपुच्छर लाउनेवाला छैन।
No comments