पीँध नभएको ताप्के
'पीँध नभएको ताप्के' बन्नु हुँदैन
राम अविकास
एकजना मित्रले यस्ता प्रश्नहरु मलाई सोधे-
१) कुनै एक बोर्डिङ् जो बोर्डिङ् जस्तो थिएन।
त्यस्लाई बोर्डिङमा हुनु पर्ने सबै
गुणहरुले सम्पन्न बनाईदिएँ। पब्लिकेशनले मेरो खातामा पैसा जम्मा गरिदिन्छु भन्दा मैले भनेँ -
बोर्डिङमा यी/यी कुराहरु अभाव छन्, किनी दिनू भन्दा पब्लिकेशनले ती/ती सामानहरु किनी दियो र ती सामानहरु अझै
ती बोर्डिङहरुमा चलिनै रहेकाछन्। तर ती बोर्डिङका सञ्चालक नै मेरो विरुद्धमा लागिरहेका रहेछन्। के म इमान्दार हुनु
गल्ति थियो?
२) केही संस्थाहरु जो मेलै बनाईदिएको वार्षिक
योजनाहरुका आधारमा चलिरहेका छन्। जस्का संस्थापकहरु योजना बनाउने हैसियत राख्दैनन् भन्ने मेरो बुझाइ छ।
तिनीहरुले पनि मेरो बिरुद्धमै कुरा गरिरहेका रहेछन्। ती संस्थाका संस्थापकहरुलाई म
के उपमा दिऊँ - जुन थालमा खायो त्यसैमा
..... गर्ने?
३) मेरो जीवनको पूर्वार्धका ३३ वसन्तहरुमा मैले
दाग लाग्न नदिने प्रयास गरेँ भने अब किन दाग लाग्ने काम गरूँ म ! मान्छेले जीवनको पूर्वार्धमा लागेका दाग मेटाउन
उत्तरार्धमा धेरै मेहनत गर्छ। अहिलेसम्म जीवनमा दाग नलागोस् भनेर सचेत हुँदा हुँदै पनि यिनीहरु मलाई किन विचलित बनाउँन
खोज्दैछन् ?
ती मित्रलाई मेरा उत्तरहरु-
१) इमान्दार हुनु गल्ति होइन तर अति इमान्दार
हुनु गल्ति हो जसरी 'अतिवादी'लाई सही मान्न सकिन्नँ। पुष्प सिं सरको
एक सन्दर्भ जोड्दा अनुपयुक्त नहोला। उहाँ
भन्ने गर्नु हुन्छ- "इमान्दारहरुलाई नै हो बद्नाम गराइने"। पुष्पसरसङ्ग
सहमत हुन सकिन्छ किन भने इमान्दारसङ्ग त्यो
क्षमता हुन्छ जस्ले तिनीहरुको खराब पक्षमाथि औंला उठाउन प्रेरित गर्छ। बोर्डिङ अलि बढि जनसम्पर्क हुने ठाउँ हो। राम्रो
काम गर्नेलाई धेरैले मन पराउँछन्। जनसागर आफ्नो विरुद्धमा आइलाग्ला भनेर पनि इमान्दार मान्छेलाई बद्नामी आरोपहरु
लगाएर आफू बच्ने गरेका धेरै उदाहरणहरु छन्।
२) मित्र बौद्धिक ठगीमा परेको जस्तो लाग्यो।
आफ्नो क्षमता बेच्ने हो, दान दिने होइन। दान दिएर आफू सस्तो बने पछि
यसरी उडाइनु अस्वभाविक होइन। यस्लाई यसरी
पनि हेरौँ - जस्लाई सहयोग गरिएको छ, तिन्ले चाहे होलान् -अरुलाई सहयोग नहोस् र आफूलाई अरुसङ्ग प्रतिस्पर्धामा उत्रन
सजिलो होस्। अक्सर ब्यापारमा यस्तै हुने गर्छ। बाहिर जतिसुकै मिलेको देखिए पनि भित्र त शत्रुता झाङ्गिरहेकै हुन्छ। तर
साँढेहरुको मिचाइमा आफू बाच्छो बनिनु हुँदैन। मासमा नकारात्मक आरोपको पाठ पढाउनेलाई रोक्नु जरुरी देखिन्छ।
मित्रले दिएको उपमा चित्त बुझ्यो। यस्ताहरुलाई चिन्ने प्रयास गरेर आइन्दा सहयोग
नगर्नु उपयुक्त विकल्प होला जस्तो लाग्छ।
३) आफ्नो भेद खुल्ने डरले पनि अरुलाई विचलित
गराउने गरेको पाइन्छ। आफ्नो अडानमा नरहनेलाई 'पीँध नभएको ताप्के' भन्छन्। मान्छेको अस्तित्व नै आफ्नो
अडान हो। सूर्यलाई छेक्छु भनेर बादल गड्गडाएर आउँछ तर क्षणभरमै पानी बनी झरेर
आफ्नै अस्तित्व गुमाउँछ। विचलित बनाउन खोज्नेहरु त्यस्तै बादल हुन् आफू सूर्यजस्तो
अडिग आफ्नो कार्यमा लागिरहनु पर्छ। सूर्य,
सूर्य नै हो,
बेलुकी अस्ताए
पनि हरेक बिहान सबैलाई सूर्यकै प्रतीक्षा हुन्छ।
(Published. हेटौँडा टुडे दैनिक । १७ फाल्गुन ०६९ स्तम्भ- अविकाससङ्ग ५ मिनेट)
No comments