विरागलाई
उपेक्षामा पारिनु हुँदैन विरागलाई
राम आविकास
कसैले भनेका थिए- भिम विराग, साहित्यमा भीम र सङ्गीतमा विराग हुन्। यी थोपा शब्दहरुले नै सारग बढि परिचय दिन्छ जस्तो लाग्छ- भीम विराग बारे। मैले यहाँ भीम विरागले के के लेखे र कस्ता कस्ता लेखे भन्ने विषयमा ब्याख्या गर्न खोजेको होइन।मानौँ कोही ब्यक्ति जो भीम विरागसङ्ग भौतिक रुपमा परिचित छैन र प्रकाशित कृतिहरु ऊसङ्ग छैन भने उस्ले भीम विरागलाई दुई आधारमा चिन्ने प्रयास गर्छ १) इन्टरनेटमा सर्च गरेर २) मकवानपुरे साहित्यिक पत्र पत्रिका अध्ययन गरेर ।तर यी दुबै अवस्थामा विरागलाई बुझ्न सकिने प्रसस्त आधार छैनन्।

भीम विरागलाई खोजिने अर्को तरिका भनेको मकवानपुरे साहित्यिक पत्र पत्रिकाहरुमा हो। यहाँ पनि उनको अवस्था दु:खदायी छ। मकवानपुरबाट निस्कने साहित्यक पत्रिका भनेर भन्न सकिनेहरु - झरना, सौरभ, कातृभूमि, अक्षरहरुको थुप्रै अङ्कहरु चाहार्दा पनि मुस्किलले एउटा/दुईटा लेख, कविता भेटिन्छन् - विरागका। मकवानपुरे साहित्यका पर्यायवाची बनेका भीम विरागलाई मकवानपुरका साहित्यिक पत्रपत्रिकाहरुमा शिला खोजे जस्तो खोज्नु पर्ने अवस्थाको भागिदार पनि हामी नै होइनौँ र?!
त्यसो त भीम विरागलाई उनको जीवनको पछिल्ला केही वर्षहरुमा मकवानपुरका केहीले विरोध गर्न थालेका थिए। अझ भनौँ उनलाई साहित्यिक कार्यक्रमहरुमा वहिष्कार नै गर्नु पर्छ भन्ने सम्मका कुराहरु पनि सुनिएका थिए।कारण यत्ति थियो उनी
महेन्द्रलाई मान्थे। महेन्द्रलाई मानेकै कारणले उनलाई, राजाको सिआइडी पनि भनियो।

(Published. हेटौँडा टुडे दैनिक । १५ फाल्गुन ०६९ स्तम्भ- अविकाससङ्ग ५ मिनेट)
No comments