Breaking News

जवर्जस्तिको विध्वङ्श

जवर्जस्तिको विध्वङ्श नयाँ निर्माणको जग हुँन सक्दैन

राम अविकास

केपी ओली भने- 'थाहा' जुर्मुराएर उठ्न अब पचास वर्ष लाग्छ। थाहालाई त्यतिखेरसम्म दबाएर राखिने छ या दविने छ जतिखेरसम्म रुपचन्द्र बिष्टले वैचारिक हिसावले मन नपराएकाहरु जिवितै रहने छन्।जनमुखी नदेखिएका नेता, व्यापारी सबैलाई उनले प्रयोग गर्ने भाषा 'तँ, भाते, गधा, कुकुर', आदि आदि हुन्थ्यो। यस्ता शब्दको लाक्षणीक अर्थ बुझ्नतिर ध्यान नदिई आफूलाई आपमान गरेको सम्झेर कुण्ठा पाल्नेहरु जबसम्म जिवित रहन्छन् तबसम्म तिनीहरुले थाहा आन्दोलनलाई दबाउन प्रत्यक्ष/अप्रत्यक्ष भूमीका खेलने छन् भन्ने उन्को विचार थियो। जस्लाई सामान्यीकरण गर्ने हो भने विध्वङ्श नै नयाँ निर्माणको जग हो भन्ने अर्थ लगाउन सकिन्छ।

त्यसो त विध्वङ्श स्वस्फूर्त र जवर्जस्ती गरी दुई किसिमका हुनु पर्छ। आफैं हुँने विध्वङ्शलाई रोक्न सकिँदैन। तर जवर्जस्ती गराइएको गराइएको विध्वङ्शले नयाँ निर्माणको जग बसाल्न नसक्ने रहेछ। जसरी माओबादीले गराएको मानवीय र संरचनात्मक विध्वङ्शले नयाँ नेपालको कुनै जग बसाल्न सकेन। कारण- यो स्वस्फूर्त थिएन भन्न सकिने अवस्ता देखियो। हामीकहाँ अहिले धेरै कामकुराहरु स्वस्फूर्त देखिँदैन।

खिलराज प्रकरण पनि स्वस्फूर्त देखिँदैन। उनलाई चार वर्ष अघि प्रधानन्यायाधिश बनाउँन र हाल सरकार प्रमुख बनाउन माओबादीले गरेको पहलले पनि जवर्जस्ती विध्वङ्शमा धकेल्न खोजे जस्तो देखिन्छ। न्यापालीका आफैं अग्रसर भएर कार्यपालीकालाई हस्तक्षेप गरेको अवस्था देकिएन। यहाँ त कार्यपालीका आफैं न्याएपालीकामा शरण लिन पुगेको जस्तो देखियो
जुन जवर्जस्ति विध्वङ्श गराउन खोज्नु हो भन्न सकिन्छ। यो जवर्जस्तीको दलीयव्यवस्था वोध्वङ्शले नयाँ नेपालको जग निर्माण गर्न सक्ने अवस्था देखिँदैन। निर्दलीय ब्यक्तिलाई जवर्जस्ती सत्तामा पुर्याउँदा नफर्केका इतिहास छन्।

यसरी हेर्दा हामीलाई स्वस्फूर्त विध्वङ्शको आवश्यकता देखिन्छ। यस्तो वोध्वङ्श कि त प्रकृतिले त्याउन सक्छ कि त जागृत जनससागरले। नयाँ नेपाल निर्माणको जग यतिखेर प्रकृतिले भन्दा पनि जगृत जनसागरको विध्वङ्सात्मक गतिविधिले निर्माण गर्न सक्ने देखिन्छ। जनसागर जागृत हुन 'थाहा आन्दोलन' अधि बढ्नु पर्ने देखिन्छ।थाहा आन्दोलन अघि बढ्न केपी ओलीले भने झैं पुरान केही आवशेषहरु बाँकी छन् जस्ले अवरोध गरिरहेछ। ती अवरोधहरुलाई जवर्जस्ती विध्वङ्श गर्न पनि सकिन्नँ र यस्तो जवर्जस्तीको विध्वङ्शले निर्माणको जग बसाल्न पनि सक्दैन। त्यसैले स्वस्फूर्त रुपमा त्यस्ता अवशेषहरु विध्वङ्श हुन ओलीले भने जस्तै पचासै वर्ष त कुर्नु नपर्ला। तर लगभग बीस वर्ष त पक्कै लाग्छ । त्यति समयसम्ममा रुपचन्द्र बिष्टबाट
अपहेलित भएको महसुश गर्नेहरु स्वत विध्वङ्सित भैसक्ने छन् र जो बचेखुचेका तुष हुनेछन् तिनीहरुले केही गर्न सक्ने अवस्थारहने छैन। हो, त्यतिखेर वास्तवमै 'थाहा' दर्शनले काम गर्नेछ र त्यो समय थाहामय हुनेछ।
(Published. हेटौँडा टुडे दैनिक । १० फाल्गुन ०६९ स्तम्भ- अविकाससङ्ग ५ मिनेट   

No comments