Breaking News

हावा नचली

हावा नचली पात नहल्लिनु पर्ने

राम अविकास

अपराध र आतङ्कवाद बिरुद्धको अभियान(माकाट), नेपालले भर्खरै काठमाण्डौमा २४ धण्टे अनशन सम्पन्न गर्यो--- अपराधी ठहर्याइएकाहरुको मुद्दा फिर्ता लिने सरकारी निर्णयको बिरुद्दमा तर त्यस्को समाचार सम्प्रेशण कुनै पनि मिडियाहरुले त्यसरी गरेनन् जसरी कुनै नेताले अरुलाई ब्यक्तिगत आक्षेप लगाउँदा 'हाइलाइट' हरेर सम्प्रेशण गर्ने गर्दछन्। र पनि त्यो संस्था अपराध र आतङ्कवाद बिरुद्धमा मेची-महाकाली यात्रा सम्पन्न गर्न लागी परेको छ। माकाटका अध्यक्ष विकास लकाई खड्काको अभिब्यक्ति मलाई गजब लाग्यो- 'पहिलोचोटि हवाईजहाज उडाएको हेर्ने पनि जम्मा ५ जाना मात्रै थिए। सुनी आएको जानकारीको आधारमा तयार पर्न खोजिएको यो ५ मिनेट माकाट, नेपालको त्यस पवित्र अभियानमा समर्पित.....

हेटौँडा आसपासका सरकारी बिद्यालयहरुमा अत्यधिकमात्रामा पदको दुरुपयोग तथा भ्रष्टाचार हुने गरेको चर्चामा आएकोछ। बिशेषगरी शिक्षक छनौट प्रकृयामा यस्तो अपराध बढि हुने गरेको पाइन्छ। प्रचुर क्षमता रहेका वालवालिकाहरुलाई देशको कर्णधार बनाउन गएका शिक्षकहरु नै गलत तरिकाबाट प्रवेश गर्छन् भने उनीहरुले कस्ता जनशक्ति उत्पादन गर्लान्! सरकारी स्कुलमै कार्यरत एक शिक्षकले हालसालै फेसबुकमा यस्तो लेखेका छन्: "शिक्षकले राजनीतिक गरेको विद्यालयका विद्यार्थी र पत्रकारले राजनीति गरेको देशका जनता कहिल्यै सचेत हुन सक्दैनन् ।" 

केही वर्ष अगाडि हेटौँडाबाट पूर्वतिर पर्ने एउटा सरकारी स्कुलले  शिक्षक आवश्यकतामा यस्तो शैक्षिक योग्यताको माग गर्यो- '११ कक्षा पास र १२ कक्षा पढ्दै गरेको'। आफूले राख्न खोजेको मान्छेसङ्ग भएको

यस्तो किसिमको योग्यता माग गर्नु शिक्षा ऐन तथा नियमावलीको सिधै उलङ्घन हो। त्यही स्कुललाई, गत वर्षमात्रै शिक्षक छनौट गर्दा आफूले राख्न चाहेको मान्छेलाई परीक्षा सुरु हुनु अगाडि नै प्रश्नपत्र देखाएको आरोप पनि लागेको थियो।

हेटौँडाबाट दक्षिणतिर पर्ने एउटा सरकारी स्कुलले आवश्यकताको बिज्ञापन त गर्यो तर घेरैजसो शिक्षकलाई "कस्लाई राख्ने फिक्स भैसक्यो, तपाईँ आवेदन शुल्क खेरफाल्न चाहनुहुन्छ भने तपाईँको विचार ..." भन्ने जवाफ दिएको चर्चा पनि चल्यो। त्यतैतिरको अर्को स्कुलमा बिज्ञापन नै नगरी आफ्नै छोरीलाई शिक्षकमा नियुक्ती गरेको बिषयलाई भू. पू बिद्यार्थीहरुले बिरोध गरेपछि नयाँ बिज्ञापन गर्ने सहमती भएको कुराहरु पनि सुन्नमा आएका छन्।


हेटौँडाबाट उत्तरतिर पर्ने एउटा सरकारी बिद्यालयको कुरो त अझ गजबको सुनिएको छ। सिधै पैसाको डिमाण्ड भएको सुनियो। दुई शिक्षक विचमा बडाबड हुँदा एक लाख दिन्छु भन्नेले शिक्षकको बाजी मारेको कुरा पनि सुनियो। झण्डै- झण्डै छ महिनाको तलब दिने सर्तमा जागिर खाएकोबाट कस्तो शिक्षाको अपेक्षा गर्न सकिएला ?!


यी त केही सुन्नमा आएका अपराधहरु हुन्। यस्ता धेरै अपराधहरु कति होलान् कति भित्र-भित्रै। शिक्षक छनौट प्रकृयामा प्रतक्ष सरोकार राख्ने जिल्ला शिक्षा कार्यालयलाई यस्को जानकारी छैन भन्ने अनुमान गर्न सकिन्नँ। शिक्षक छनौट समितिमा बिद्यालय क्षेत्रको बि. नि, प्र. अ. र बिद्यालाय ब्यवस्थापन समितिको अध्यक्ष रहने नियम छ। बिषय-बिज्ञ यही समितिले छनौट गर्छ। बिषय बिज्ञको नामावली जि. शि. का.ले आफ्नो वेभसाइडमा पनि राखेको छ तर छनौट समितिले जि. शि. का.ले तोकेको भन्दा बाहिर, अझ बोर्डिङमा पढाइरहेका शिक्षक समेत, ल्याएर छनौट गरेको टुलुटुलु हेर्नुपर्ने बाध्यता सोचनीय छ।    

No comments