Breaking News

बालि रोप्नु भन्दा

बालि रोप्नु भन्दा पहिलानै असल बिउ छान्ने गरौ

जनकमान डंगोल

v  अहिलेको पुलिसले जनतालाई दुख: र सास्ती दियो !
v  अहिलेको पुलिसले नगर, गाउँ समाज तथा टोलमा राम्रो शान्ति सुरक्षा गरेन !
v  पुलिसले अपराधी सित पैसा खाएर अपराधीलाई छोड्यो !
v  पुलिसले लागूऔषध नियन्त्रण गरेन !

v  नियन्त्रणमा लिएर महिला लाइ दुर्ब्यबहार गर्यो !
v  पुलिस आफै लुटपाटमा संलग्न भयो !
हिजो आज सबै प्रकारका छापाहरुमा पढ्न र रेडियो टेलिभिजनमा देख्न र सुन्न पाइने समाचार हो यो ! नागरिकले लगाएको आरोप नाजायज छैन भन्न मिल्दैन ! जस्तो देख्यो अथवा भोग्यो त्यो भन्न र सुनाउनु नै पर्दछ तर माथि उल्लेख भएका बुंदाहरु किन र कसरि घट्यो हामि त्यसलाई मनन कहिले पनि गर्दैनौ ! देश बनाउने र समाजमा शान्ति बनाउने काम पुलिसको मात्र हैन त्यो सबैको साझा दायित्व भित्र पर्दछ ! दुख गरेर लगानी गरेर पढ्यो अनि हातमा डिग्री लिए पछी बेरोजगार ! सके सम्म प्रशासन तर्फ नै जागिर खाने मनस्थिति बनाएका हुन्छन आजका युवाले ! लोक सेवाको फारम भरेको बर्षौ बर्ष त्यसको नतिजाको अत्तोपत्तो हुँदैन ! एक पल्ट पुलिसमा पनि कोसिस गरौन त भन्ने सोच बनाएर गयो ! पुलिसले लिने सबै लेबल पास गरे पनि अन्त्यमा मोलमोलाई सुरु हुन्छ बिचौलिया मार्फत ! कुन पदमा भर्ना हुने आदि आदि ! सिधै हाक्काहाकी भन्छन गृहमन्त्रीको मान्छे हु भनेर ! हुन पनि हो अहिले देशमा गृहमन्त्रीको आदेस बेगर रौ पनि हल्लिदैन ! इस्पेक्टर घटीमा १५ देखि २० लाख, अ.स.इ ८ देखि १० लाख, हुँदा हुँदा तल्लो दर्जाको जवान पदमा धरी लाख भन्दा घटीको मोलमोलाई हुदैन ! भर्ना हुने नेपालको पुलिसमा अनि त्यो पदमा भर्ना हुने पनी नेपाली जनताकै छोरा हुन ! हिजो माओबादीले जस्तो बिहारका चटपटे बेच्न आकालाई बन्दुक बोकाएर युद्द लडाउने कुरा त पक्कै हुदैन ! लगानी गरे पछी प्रतिफल खोज्नु त्यो कुनै नौलो कुरा हैन ! सेना तथा प्रहरी संगठन भनेको अनुशासनमा चल्ने संगठन हो ! त्यो कुनै राजनीतिक पार्टी वा दलको संस्था जस्तो हुदैन ! खेति गर्नु भन्दा पहिला खनजोत गरिन्छ अनि सफा राम्रो बिउ बिजन हालिन्छ ! जब बिउको दानानै अर्ध सडेको छ भने त्यो दानाले कस्तो उत्पादन दिन्छ पहिला त्यसलाई कल्पना गर्नुस त ? जानाजानी आफै पैसाको बलमा संगठनमा भर्ति हुनेले पछी त्यो लगानी असुल गर्न लाइ अनैतिक काम गर्दैन भनेर कसैले पत्याउछ ? पैसा त त्यसै फल्दैन ? सरकारले दिएको रासन तलबले त्यो लगानी उठ्दैन भने त्यतिखेर त्यो लगानीकर्ताले गर्ने भनेको नै अपराध हो ! तालिमको दौरानमा पनि उसले सिधै भन्छ यती लाख लगानी गरेर भर्ति भाको हु ! लगानी गरेर भर्ति हुनेले तालिममा के सिक्छ र कस्तो अनुशासनमा बस्छ त्यसलाई पनि बिचार गर्नुहोस ! हिजो पंचायती कालमा छोरा तह लाउन लाइ सेना पुलिसमा भर्ति गर्थे ! त्याहा भित्रका प्रशिक्षकले सिधै भन्थे “हेर बाबु हो यो ठाउं त ‘काजीको छोरालाई पाजी र पाजिको छोरालाई काजि’ बनाउने ठाउँ हो” मन लगाएर तालिम गर्यो भने ज्यानले सुख पाउला ! हैन भने एकजनाले बिरायो साखा पिरायो होलाहै ! तर अहिले त्यस्तो छैन ! फलाना मन्त्रि, फलाना नेता र फलाना पावारवालाको मान्छे भर्ति हुन्छन नेपाल पुलिसमा ! गरिबको छोराले चाहेर पनि भर्ति हुन सक्दैन ! त्यहि माथि मदेसी र जनजातिको आरक्षण कोटा ! २०४६ सालको परिवर्तनले नेपाली जनतालाई के दियो ? के पायो नेपाली जनताले ? के को लागी लडेका रैछौ त ? के बोल्न र भन्न (वाक स्वतन्त्रता) को लागी मात्र प्रजातन्त्रको लागि लडेका हौ ? एकपल्ट छातीमा हात राखेर सोच्नुस त ! पाइला पाइलामा तपाइले पैसा नछरे सम्म तपाइको काम फत्ते हुदैन ! हिजोको त्यो पंचायती ब्यबस्था र तपाइले हामीले बनाएको नेताहरुले राखी दिएको मनचिन्ते नाम नयाँ नेपाल लाइ तुलना गर्नुस ! हो हिजो बोल्नमा प्रतिबन्ध थियो तर काम गरेर निर्धक्क संग खान पाएका थिए ! अड्डामा हाक्काहाकी घुस लिन सक्दैन्थे ! ठुला ठुला मन्त्रि, माननीय देखि लिएर पुलिसको आइ.जी सेनाको कर्नेल सम्म जेल गाका थिए तर अहिले ? त्यसैले पैसा लगानी गरेर अनि आरक्षणको बलमा पुलिसमा तपाईका छोराछोरी भर्ना गराउनु भयो भने तपाइले पाउने शान्ति र सुरक्षा यस्तै हुन्छ ! किन जानाजानी ब्वाँसाहरुलाई पैसा खुवाएर पुलिसमा भर्ना गराउनु हुन्छ ? यस्तो कार्यको सख्त निषेध तथा बिरोध  गर्नुस, भण्डाफोर गर्नुस ! त्यति गर्नु भयो भने मात्र तपाइले समाजमा शान्ति र सुरक्षाको अनुभूति गर्न पाउनु हुनेछ ! नेता बनाउने जनताले हो नेताले जनता बनाउने होइन ! त्यसैले बालि रोप्नु भन्दा पहिला नै असल र गुणस्तर बिउको चयन गर्नु हुन सबैलाई आग्रह गर्दछु !
www.facebook.com/janakmandangol
www.janakdangol.blogspot.com

No comments