Breaking News

शब्द १

 शब्द
तिमीलेझैँ यान्त्रिकता मात्रै लेख्नु पर्ने भए
म आजैदेखि लेख्न छोडिदिन्छु।

सबैका लेखाईका शैली आ-आफ्नै हुन्छन्
भोगिएका, देखिएका कुराहरु नै लेखेने हुन्
कलमलाई अङ्कुश लगाउँन सकिँदैन
लगाउने/लगाउन खोज्नेहरुलाई इतिहास साक्षी छ
मान्छे सम्वेदनशील प्राणी हो
सम्वेदनाले नै उस्लाई काउकुती लगाउँछ
त्यसैले तिमीलेझैँ यान्त्रिकता मात्रै लेख्नु पर्ने भए
मित्र! म आजैदेखि लेख्न छोडिदिन्छु।

(२०६०)

गन्थन
+ त्यसताका 'शब्द' भनेर कविताको एक शैलीलाई खुव वकालत गर्दै हिँडियो। कार्यपत्र पनि प्रस्तुत गरियो।
+ खासमा यो एक मित्रलाई दिईएको उत्तर हो। त्यसताका ती मित्र र म एकै पत्रिकामा काम गर्थ्यौँ। उनी सम्पादकीय समूहमा थिए। म रिपोर्टर र स्तम्भ लेखक थिएँ। मेरो स्तम्भको विषयवस्तुमाथि उनी प्रश्न उठाउँथे। दर्शनप्रति रुचि भएकाले त्यस्तै विषयवस्तु उठाउँथेँ- म। कार्ल माक्स वाहेक अन्य केही होईन र इतरका कुराले कुनै अर्थ राख्दैन भन्थे-उनी।  

No comments