कर्णबलत्कार
बन्द गर कर्णबलत्कार
राम अविकास
भूपिले नेपाललाई 'यो हल्लै हल्लाको देश' भने जस्तै, हेटौँडा
'ध्वनी प्रदुषण'को शहर हो जस्तो लाग्छ। कहिले यो चोकमा त कहिले त्यो चोकमा गरेर
'हर्न लाउडस्पीकरहरू' बजिरहेका हुन्छन् – कानै खानी गरेर। बिदेशतिर त 'दुई हजार
डलर' जरिवाना लाग्छ रे – ठूलो आवाजमा स्पीकर बजाइयो भने तर नेपालको कानून नेता नै
जानून्।
पार्टी प्यालेस, डान्स रेस्टुराँ, डान्स पार्टीहरूले उत्पादन गर्ने हल्का बेसी आवाजलाई सजिलै बिरोध गर्छन् छिमेकीहरू। यहाँसम्मकि कुनै चोकमा रक्तदानका लागि अनुरोध गरिएका माइकका सामान्य आवाजहरू पनि उनीहरूलाई मन पर्दैन। तर धर्मको नाममा चोकचोकमा तार टाँगेर उच्च आवाजमा बजाइने 'हर्न लाउडस्पीकरहरू'को बिरोध कसैले गर्दैनन्। साँच्चै धर्म अफिम नै हो कि क्या हो ?!

अस्ति शनिबार बजार घुम्दै थिएँ – केटाकेटीहरू चिच्याएको
सुनेँ। यसो ध्यान दिएको त चर्चमा केटाकेटीहरु नाच्दै-गाउँदै पो रहेछन्। त्यही
समयमा एक बुढी आमैले गुनासो गरिन् – "कानै खाइसक्यो यो डाङडाङ-डुङडुङले। हेर
कसरी इत्तरिएका ...।" यिनै बुढी आमै
मङ्गलबार उनको घर नजिकैकोअर्को चोमका भेटिए जुन चोकमा तीन तीन वटा 'हर्न
लाउडस्पीकरहरू'बाट हरेराम हरेकृष्ण बज्दै थियो। सोधेँ – "आमै तपाईँको कान
खाएको छैन?" उनले कुनै जवाफ नदिई बाटो लागिन्। सायद उनले सुनिनन् या सुन्न
चाहिनन्।
कुरो स्पीकरहरूकोमा मात्रै होइन। ट्राफिक बसिरहेको ठाउँमै केटाहरू ह्वाSSS पारे बाइक कुदाउँछन्। बिचरो ट्राफिक मौन हुन्छ। बाइकको यो आवाजले १०० डिबिको आवाज उत्पादन गर्छ जबकी ७५ डिबि मुनिका आवाजलाई सामान्य मानिन्छन्।
रेडियोहरुले आफ्नो कार्यक्रम माइनस् १ डिबिमा उत्पादन गर्छन्। शान्त पुस्तकालय भित्र गरिने साउती ३० डिबिको हुन्छ। हाम्रो बोलिचालीको आवाज ६० देखि ७० डिबिको हुन्छ। टेलिफोनको डायल टोन ८० डिबिको हुन्छ। ८५ डिबि देखि माथिका कुनै पनि आवाजहरू कानका लागि हानिकारक हुन्छ। ८५ डिबिको आवाज लगातार ८ घण्टा, ८८ डिबिको ४ घण्टा, ९१ डिबिको २ घण्टा, ११२ डिबिको १ मिनेट तथा १२० डिबिको क्षणभर सुन्दा नै कानलाई हानी पुर्याइसकेको हुन्छ। यद्दपि हामी तत्काल कान खाएको मात्रै महसुस गर्छौँ। यो त जवानहरुको लागि हो। यी भन्दा कम आवाजहरूले नै बच्चा तथा बृद्धहरूलाई हानी पुर्याउँछन्। सोझो बुझ्ने हो भने जुन आवाज सुन्दा कान बज्न थाल्छ त्यो आवाज कानका लागि हानीकारक हुन्छ। धार्मिक कार्यहरुमा बजाइने यस्ता 'हर्न लाउडस्पीकरहरू'ले ९० देखि १२० डिबि सम्मका आवाज उत्पादन गर्छन् जुन बिहान ४ बजेदेखि राति ९ बजेसम्म बज्छन्। यस्ता आवाजहरूले हाम्रो कानलाई पुर्याउने क्षतीको पूर्ति कस्ले ब्यहोर्छ?
कुनै पनि धार्मिक कार्य बन्द गर या त्यसमा आवाज नबजाऊ भन्ने अधिकार त हामीसङ्ग हुँदैन तर अरुको अधिकार हनन् हुने गरी ठूलो आवाज बजाउने अघिकार त्यस्ता कार्यक्रमका आयोजकलाई पनि हुँदैन। जहिले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् हुनु नहुने कुरा कानूनमा स्पष्ट छ।
नगरपालिकाले 'फोहर'लाई मात्रै प्रदुषण मानेको देखिन्छ। 'ध्वनी'लाई पनि प्रदुषण मानेको भए, आफ्नै कार्यालय अगाडि बिहानदेखि रातिसम्म कर्णबलत्कार हुने गरी बजेको ८५ डिबि भन्दा माथिको आवाजलाई किन निन्त्रण गर्न सक्दैन ! यस्ता आवाज उत्पादन गर्ने कार्यक्रमहरू सकेसम्म बस्तीबाहिर गरिनु पर्छ। चोक चोकमा सुनाउनु नै छ भने साना साना स्पीकरहरू प्रयोग गर्न सकिन्छ। मधुर आवाजमा सुन्नुको आनन्दै अर्कै हुन्छ, किन कर्णबलत्कार गरेर पाप (धार्मिक भाषामा) कमाइरहनु पर्यो र ?!

No comments