Breaking News

यी अर्ध पागल नेताहरु

यी अर्ध पागल नेताहरु

जनकमान डंगोल

अबको प्रधान मन्त्रि म बन्छु ... क.प्रचण्ड !
प्रचण्ड चुनाव गर्न चाहदैनन् .. बिपक्षी कांग्रेसएमाले !
हाम्लाई कम आक्ने हैन ! १२ बुदे च्यातेर फेरी जंगल पस्नु नपरोस .. क.प्रचण्ड !
झिंगाको श्राप ले डिंगा मर्दैन ! कसलाई तर्साको ? हिम्मत छ भने १२ बुदे च्यातेर जंगल पसे हुन्छ ... बिपक्षी कांग्रेस र एमाले !

मैले प्रधान मन्त्रि बन्छु भनेर ठट्टा मात्र गरेको ... क.प्रचण्ड !
यस्तो डेन्जर ठट्टा गर्नु हुदैन भनेर अधक्ष्य कामरेड लाइ सम्झाको छु .. प्रधानमन्त्री भटराई !
के हाम्रो अधक्ष्य कामरेड नेपाली जनताको छोरा हैनन् र ? उहाँ फेरि प्रधान मन्त्रि हुनु हुदैन भनेर काहा लेख्या छ देखाउनुस त ? .. क लोकेन्द्र !
बरु मलाइ गोलि हाने हुन्छ .. प्रधानमन्त्रि भटराई !
..
नेपाल को ठुला टाउके नेताहरुको १ हप्ताको जुहारी हो यो ! यति कुरा गरे पछी मानो पाक्यो हैन त ? के यति भन्न लाइ मात्रै यी हिजोको पाउरोटी छाप चप्पले गाम्लेका छोराहरु नेपालमा नेता भाका हुन ?
- janak maan dangol.
www.janakdangol.blogspot.com

No comments