नेपाली कविता महोत्सब -२०१३
च्याटभ्यू -२
- राम अविकास
दि एसोसिएसन
अफ नेप्लिज इन अमेरिका (ए.एन.ए ) नेपाली साहित्य प्रतिष्ठान, उत्तर
अमेरिकाले हरेक वर्ष अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब गर्ने गर्दछ। २००९ मा
कविताको लागि पुरस्कार स्थापना भए पछि २०१० मा पहिलो पटक यो महोत्सवको आयोजना
गरिएको थियो। यो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: एक हजार, तीन
सय र दुई सय युएस डलर सहित प्रमाणपत्र प्राप्त गर्दछन्। अमेरिकाको बिभिन्न राज्यमा
सम्पन्न हुने यो कार्यक्रम यस पटक न्युयोर्कमा हुँदैछ।
अन्तरराष्ट्रिय नेपाली कविता महोत्सबको
अहिलेसम्ममा तीन शृङ्खला सम्पन्न भैसकेको छ। जसमा प्रथमहुनेहरू उमेश
अकिन्चन -२०१०,
रामबहादुर तमाङ् (रावत) -२०११ र गणेश खड्का २०१२ हुन्। कतै पनि प्रकाशित नभएको
'कविता' जस्तै २०० शब्द भित्रको कविता, २०१३ को लागि पठउनु पर्ने रहेछ।
के तपाईँले कविता पठाउनु भयो? छैन भने
ढिल नगर्नुहोस्। कविता पठाउने अन्तिम मिति मे ३१ हो।
अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब २०१३ कालागि बिभिन्न देशमा प्रतिनिधि रहने गरि प्रतिष्ठानका उपाध्यक्ष्य बिनोद रोक्का प्रमुख संयोजक तथा उपसंयोजकमा गोवर्धन पूजा र नेपालसंयोजक विश्वबिमोहन श्रेष्ठ रहेका छन्। केही दिन अधि च्याटमा भेटिएका बेला यिनै अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब २०१३ का नेपाल संयोजक विश्वबिमोहन श्रेष्ठलाई पाँच प्रश्न सोधेको थिएँ।
अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब २०१३ कालागि बिभिन्न देशमा प्रतिनिधि रहने गरि प्रतिष्ठानका उपाध्यक्ष्य बिनोद रोक्का प्रमुख संयोजक तथा उपसंयोजकमा गोवर्धन पूजा र नेपालसंयोजक विश्वबिमोहन श्रेष्ठ रहेका छन्। केही दिन अधि च्याटमा भेटिएका बेला यिनै अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब २०१३ का नेपाल संयोजक विश्वबिमोहन श्रेष्ठलाई पाँच प्रश्न सोधेको थिएँ।
१) यसका निर्णायकहरुलाई किन सार्वजनिक
गरिँदैन?
प्रत्येक महादेशमा
दुई/तीन जानको दरले निर्नायकहरू राखिन्छ। उहाँहरूले १०० वटा कविताहरू
प्राप्ताङ्कको आधारमा छान्नु हुन्छ पहिलो चरणको रुपमा । अन्तिम चरणकोलागि तीनदेखि
चारजनाको विषेशज्ञ टोली रहन्छन् - प्रज्ञा प्रतिष्ठानबाट एक जना, त्रिबि नेपाली
केन्द्रीय विभागबाट एक जना तथा स्वतन्त्ररूपमा रहनु भएका एक जना कवि रहनु हुन्छ।
नाम खोल्दा अनावश्यक लविङ् हुने हुँदा निर्णायकहरूलाई गोप्य राखिएको हो।
२) गतसालको कविता शब्द सीमा भन्दा बढि
थियो र पनि कसरी प्रथम भयो?
हो, गतसालको प्रथम कवितामा २५ शब्द बढि देखियो। डायस्फोरालाई
राम्रोसङ्ग उद्बोधन गरेको हुँदा शब्दहरूलाई मात्रै अदालती कशीमा राख्न नहुने तर्क प्रस्तुत
गरे र हामीले निर्णायकको निर्णयलाई मान्यौँ। तर पछि हामीले यस विषयमा क्षमा पनि
माग्यौँ ।
३) यस्तो परिस्थितिमा, कविता पठाउन विश्वस्त
हुने आधार के छन्?
- म पनि लेख्ने मान्छे नै हुँ। केही यस्ता कमिकमजोरीले मलाई पनि
मर्माहत बनाएको छ। मैले यो विषयमा क्षमा पनि मागेको छु। र यो क्षमा माग्नु पर्ने
विषय पनि हो। अबका दिनमा नियमहरूलाई अक्षरश: पालना गरिने छ। यसमा ढुक्क हुनु भए
हुन्छ।
४)अमेरिकामा
आफ्नो कोही छ भने उसले जित्ने संभावना बढि हुन्छ रे नि, हो ?
हुँदैहुँदैन, त्यस्तो चै हुँदैन। किन हुँदैन भने पदाधिकारी जोसुकै
भए पनि निर्णायक अरु अन्त कतैका हुन्छन्। ककस्को कविता प्राप्त भएको छ भन्ने कुरा
पदाधिकारीले पत्तो पनि पाउँदैनन्। अन्तिममा थाहा हुने एकै ब्यक्ति हुन् –
केन्द्रीय संयोजक त्यो पनि कस्को कविता भन्ने जानकारी हुँदैन।
५) तपाईँ आफू एक स्थापित र सफल हुँदा
हुँदै, किन यस्तो आक्षेपको भारी बोक्न रूचाउनु भएको?
मेरो लेखनलाई मन पराइदिनु भएकोमा तपाईँलाई धन्यबाद। म उता अमेरीकमा
आउजाउ गरिरहने भएको तथा यो संस्था स्थापना गर्नमा लागिपर्नेहरूमा म पनि एक हुँ।
पारिवारिक कारणले गर्दा म नेपालमै धेरै बसिरहने हुँदा नेपाल संयोजनको जिम्मेवारी
लिएको हुँ। यस्मा श्रीओम श्रेष्ठ रोदनजी पनि हुनुहुन्छ। केन्द्र उत्तर अमेरिका नै
हो।नेपाली भाषा, संस्कृतिबारे नेपालबाट नै धेरै थाहा हुने भएकोले मैले त खालि
संयोजन मात्रै गरिदिएको हुँ। । र पनि श्रीओमजी र मैले के विचार गर्यौ भने अब अलि
बुढो पनि भइयो, नयाँ साथीहरू खोजेर जिम्मा लगाउन पाए हुने।
नेपाल संयोजक विश्वविमोहन श्रेष्ठले “२५ शब्द बढी देखियो” भनेर यो वार्तामा पुरै झूट बोलेका छन् । किनकी २०१३ को अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगितामा प्रथम भएको कविता भनेर सुरूमा उक्त कविता ‘पेन लभर्स इन नेपाल’ मार्फत् सार्वजनिक भएको थियो । जुन कविता पेन लभर्स इन नेपालले आयोजक समितिकै एक आधिकारिक सदस्य मार्फत् प्राप्त भएको जानकारी गराएको थियो । त्यहाँ सार्वजनिक गरिएको कविता ५५० शब्द भन्दा बढीको छ । यस हिसाबले घोषित मापदण्डभन्दा ३५० बढी शब्द उक्त कवितामा रहेको छ । उक्त कविता र त्यसमाथी भएको विवाद अझै पनि त्यहाँ हेर्न सकिन्छ ।
ReplyDeleteविश्वविमोहन श्रेष्ठको भनाई कहाँनेर पनि विवादास्पद छ भने, उनले यहाँ उक्त कविता ‘डायस्पोरालाई राम्रोसँग उद्वोधन (उद्वोधन शब्दको अर्थ मलाई थाहा भएन । सायद यो टाइपिङ्ग मिस्टेक पनि हुनसक्छ ।) गरेकाले शब्दसीमालाई मात्रै अदालती कसीमा उभ्याउन नहुने तर्क’ उठेको र सोही कारणले गर्दा उनिहरूले मानेको भनेका छन् । डायस्पोराकै विषयलाई राम्रोसँग पक्रेको कवितालाई शब्दसीमाको अदालती कसीमा नउभ्याउने हो भने त्यो कुरा स्पष्टतः प्रतियोगिताको नियममा उल्लेख गर्नुपथ्र्यो । यसले गर्दा सबै कविले डायस्पोराको विषयलाई उल्लेख गरेर आफ्ना लामा–लामा कविताहरू पठाउने थिए ।
क्षमा माग्नु राम्रो कुरा हो र उनले यस विषयमा क्षमा मागिसकेको पनि बताएका छन् । तर, क्षमा माग्दैमा मान्छेले गरेका गल्तीहरू सच्चिन सक्दैन । गल्तीको महशुस भइसकेपछि कम्तीमा आयोजक कमिटीले यो निर्णयलाई सच्याउन सक्थ्यो । तर उनिहरूले यसो गरेनन् । र आफ्नो इतिहासमाथी लागेको कालो धब्बालाई जस्ताको तस्तै रहन दिए ।
हो, सुमनजी शब्दसीमाको विषयमा पेन लभर्स इन नेपालमा लामै बहस चलेको थियो। यसैले पनि मैले नेपाल संयोजक सङ्ग च्याटमा कुराकानी गरेको हुँ। यो कुराकानी हेटौँडा सन्देश दैनिक, हेटौँडामा १४ गते शनिबार छापिएको छ - च्याटभ्यू स्तम्भमा। र अडियो कुराकानी पनि सुन्न सकिने छ यही बुधबार १८ गते र २० गते रेडियो थाहा सञ्चार ९९.६ एफ एम (www.thahasanchar.com)मा तथा यो मितिपछि यही ब्लगको दाहिँने कुनाको अन्तिममा रेहेको 'सुन्नुहोस् / डाउनलोड गर्नुहोस्' को 'शब्द सिर्जना' कार्यक्रमहरु भित्र १०९ मा जुनसुकै समयमा पनि सुन्न सकिनेछ।
ReplyDeleteसुमनजीलाई फेरि पनि धन्यबाद।