चुनावबारे
सङ्गम चुनावबारे
राम अविकास
चुनाव
कस्लाई लाग्यो, पत्ता लगाउनै सकिएनँ। या लाग्दै नलागेको हो त्यो पनि बुझ्न सकिएनँ।
दु-दुई वर्षमा महाभारतजस्तै जोडघटाउ हुने र कुरूक्षेत्रको लडाइँ जस्तो गरी लाग्ने
साहित्य सङ्गम मकवानपुरको चुनावमा यसपाली बाहिरी चहलपहल देखिएन। भित्री कती छ,
त्यो पनि आँकलन गर्न सकिएको छैन। साहित्य सङ्गम मकवानपुरको चुनाव 'शान्त' हुने नै
भएको हो त ! प्रसङ्गले अर्को अर्थ नलागोस्, मैले अशान्त चाहेको होइन्। शान्तिसङ्ग
चुनाव हुनु अचम्मको कुरो चै पक्कै हो। या चुनावै नभई सर्वसम्मत हुनु झनै आश्चर्यको
कुरो हुन्छ।
शनिबार हुन लागेको चुनावको लागि आजको दिनसम्म पनि पूर्ववर्ति चुनाव
जस्तो केही दाउपेज भएको सुन्नमा नआएकोले चकित परेको छु। यसपाली गएको चुनावमा जस्तो
कुनै अमूक पार्टी कार्यालयको निर्देशनलाई अक्षरश: पालना गर्न लागी पर्नेहरूको
चलखेल पनि देखिएन। फरक फरक ब्यक्तिहरूलाई एउटै पदमा उठ्न उक्साएर बीचमा च्याँखे
थाप्नेहरू सकृय भएको पनि पाईएन। आफूले भनेको मान्ने ब्यक्ति जिम्मेवार पदमा उठोस्
र जितोस् भनेर इण्डिया र चाइनाले जस्तो राजनीति गरेको पनि देखिएन।
हुन त साहित्य सङ्गम मकवानपुरप्रति साहित्यप्रेमीहरूको मोह घटेको चाईँचुईँ
नसुनिएको होइन। चाख घट्नुको कारण संस्थाको गतिबिधि प्रभावकारी नभएर हो या यो
कार्यसमितिप्रति असन्तुष्ट भएर हो त्यो पनि प्रष्ट छैन। एक सय १० जना सङ्गठित
सदस्य रहेको सङ्गममा यसपटक ८५ जनाले मात्रै नवीकरण गरेको तथ्याङ्क छ। उसो त
धेरैलाई जानकारी भएकै कुरा हो – केहीले आफूखुसीले नविकरण गर्छन् त केहीको नविकारण
भैसकिएको ब्यक्ति स्वयमलाई थाहा हुँदैन। नयाँ सदस्यता प्राप्त गर्ने जम्मा पाँच
जना मात्रै देखिएको छ । यसको अर्थ मकवानपुरे साहित्यिक विद्यालयले दुई वर्षमा
जम्मा दुईजना साहित्यिकर्मी उत्पादन गर्न सक्यो भन्ने हुन्छ या मकवानपुरे
साहित्यमा अब अब कोही बिद्यार्थी बाँकी छैन भन्ने हुन्छ। दुबै अर्थलाई सजिलै मान्न
सकिने अवस्था छैन। यी कारणहरूले पनि चुनावी वातावरण नतातेको पो हो कि !
'म त लोकसेवा पास गरेको फलानो पदधारी हूँ' भन्ने जस्ता अभिव्यक्ति पनि
सुन्न पाइन्छ। यस्को अर्थ पद यथावत रहन्छ या पदोन्नति हुन्छ भन्ने हो जबसम्म
स्वैछिक अवकास लिइँदैन। कुनै पनि मुख्य पाँच पदमा उमेद्वार हुन कम्तिमा पनि एक
कार्यकाल कार्यसमितिमा रहेको हुनुपर्छ भनी भेलाले गरेको अनुमोदनको आधारमै
यतिसम्मको निरङ्कुश अभिब्यक्ति दिने साहास गरेको हुनु पर्छ। त्यस्तै, अध्यक्षले
दुईजनालाई कार्यसमिति सदस्यमा मनोनित गर्न सक्थ्यो जुन मौजुदा कार्यसमितिले गरेन।
मनोनित नगर्नु पनि रहस्यकै विषय भएको छ।
मुख्य पदाधिकारीहरूले संस्थाको नियमित सन्ध्याहरूमा नियमित उपस्थिति
देखाउन नसकेको कुरा कसैबाट लुकेको छैन। मौजुदा कार्यसमिति चयन भएपछिका केही
महिनाहरूसम्म मुख्य पदाधिकारीहरू बीचको चरम द्वन्द पनि अझै ताजैजस्तो लाग्छ। कार्यसमिति
पदाधिकारीहरूले कुनै पार्टीगत साहित्यिक शाखाहरूको पदाधिकारी नहुने भन्ने
प्रतिबद्धता पनि चुनावी रणनीति मात्रै भएको देखियो। यावत कुराहरू हुँदा हुँदै पनि अहिलेको
कार्यसमिति आफैले निरन्तरता दिन पाए हुन्थ्यो भन्ने मानसिकतामा देखिन्छ। गतसाल
मनाइएको 'विश्व पुस्तक दिवस' यसपाली मनाउन विर्सनुले पनि यो मनोदशालाई प्रस्ट्याउँछ।
यस्ता कमिकमजोरी सच्याउने हो भने निरन्तरता दिनलाई के आपत्ति होला र ?!
No comments