Breaking News

आफूबाटै सुरुगर्न पाए

राम अविकास

यसपालिको अन्तरास्ट्रिय महिला हिंसा बिरुद्धको दिवस नेपालमा पनि मनाइयो। विभिन्न अन्तर्राष्ट्रिय दिवसहरू भन्दा भिन्न तरिकाले महिला हिंसा विरूद्धको दिवसलाई एक दिनमा मात्र सिमित नगरी प्रत्येक वर्ष नोभेम्बर २५ मा मनाइने अन्तर्राष्ट्रिय महिला हिंसा विरूद्धको दिवसदेखि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०)सम्म १६ दिन महिला हिंसा अन्त्यका लागि विभिन्न दवावमूलक तथा चेतनामूलक कार्यक्रमहरू आयोजना गरी अभियानकै रूपमा मनाउने गरिन्छ र यस वर्षको नारा थियो-"घरबाट शान्तिको शुरुवात गरी विश्वभर शान्ति कायम राखौं"। के हामीले नारा अनुरुपको घरबाटै  सुरु गर्यौँ त ?!



अन्तरास्ट्रिय महिला हिंसा बिरुद्धको दिवसको १६ दिने कार्यक्रम सकिएको एक हप्ता पनि बित्न नपाई दिल्लीमा भएको बस रेपकाण्डबाट सुरु भएको महिला हिंसाका धटनाहरु अहिले गन्न नसकिने भैसकेका छन्। यस्ता हिंसा बढेको नभई, पीडितहरु खुल्ल थालेका हुन्। जबसम्म पीडितहरु खुलेर यस्को बिरोध गर्दैनन् तबसम्म यस्ता घटनाहरु बढि रहने कुरालाई नकार्न सकिन्नँ। महिला हिंसा मात्रै होइन, कुनै पनि किसिमका हिंसा हुनुहुँदैन। पीडकलाई मानवअधिकार हनन् नहुने हदैसम्मको सजायँ दिनु पर्ने कुरामा कसैको दुई मत छैन।

मैले यहाँ उठाउन खोजेको कुरा के हो भने महिला हिंसाको सुरुवात महिलाबाटै हुन्छ। सन २०१२ को नाराले पनि यस्लाई मनन् गरेको देखिन्छ- "घरबाट शान्तिको शुरुवात गरी विश्वभर शान्ति कायम राखौं"।घरकै महिलाहरु- सासू/बुहारी, नन्द/भाउजू, देवरानी/जेठाजी बाटै त सुरु हुन्छ हिंसा । पुरुषले महिलामाथि गर्ने हिंसा त दोस्रो चरणका हुन्। तर अहिले हामीकाँ' महिला हिंसा भन्ने बित्तिकै पुरुषले महिलामाथि हर्ने हिंसा बुझिन्छ जुन पूर्ण होईन। बिशेषगरी पुरुषले महिलाको शरिरमाथि हिंसा गर्छ भने महिलाले महिलाको जीवन माथि हिंसा गर्छ भन्नेकुरालाई मनन् गर्दै दुबै मुद्दाहरुलाई महिला अधिकारकर्मीहरुले उत्तिकै महत्व दिनु जरुरी छ।

कस्तो दिक्दारीको अवस्था पनि आउँदो रहेछ भने हेर्दै गरेको टिभिको च्यानल चेन्ज गर्नुपर्ने, सुन्दै गरेको रेडियो ट्युन अफ गर्नुपर्ने र पढ्दै गरेको पेपरको पन्ना पल्टाउनु पर्ने भैदिन्छ जब केही महिलाअधिकारकर्मीहरु ब्यवहार बिपरीत वक्तब्यबाजी दिन्छन्। यस्ता महिला अघिकारकर्मीको घर भित्र झाँक्ने हो भने कहालीलाग्दो अवस्था देखिन्छ। कसैका पति अरुका पत्नी वा छोरीसङ्ग घरबाहिर मस्त भेटिन्छन्। कसैका छोराहरुको हालत त्यस्तै देखिन्छ। कसैका छोरीहरु पति फर्दै हिँडिरहेका भेटिन्छन्। अझ कोही त आफैं सौतामाथि गएका पनि देखिन्छन्। "घरबाट शान्तिको शुरुवात गरी विश्वभर शान्ति कायम राखौं" भन्ने नाराले यस्तो प्रवृतिलाई ब्यङ्ग्य गर्ला कि नगर्ला !, घरको अर्थभित्र संस्था समाहित होला कि नहोला ! 

No comments