क्यार्चौ छबीदा तिम्रो त करिमै खोटो रच्च !
उहिले उहिले देखिनै हाम्रो नेपाल मण्डलमा जे कुराको पनि कम्पनि पैसाको सक्कल बमोजिम नक्कल दुरुस्त अर्ने चलन छ ! नहोस् पनि कसरि रोटी देखि बेटीको साइनो जो छ न !
नेपाला सप्पै भन्दा
धेरै फिलिम नामको सिनेमा जसलाई नेपाला चैँ ‘चलचित्र’ भन्ने खेलां मदेस देखि भित्रि मदेस्का
नेपालेले भाग लिन्छन् ! हिमाल तिरकाले त्यति रुचाम्दैनन त्यो फिलिम
भन्ने खेलालाई !
पारि कम्पनि देस
भनेको संसारकै अग्रणी स्थानाँ छ त्यो फिलिम नामको खेल बनार देखाम्न !
कम्पनि देस भनेको के भनेर सोध्नुहोला ! उहिले हाम्रो बराज्युको पाला
गोराहरु हिन्दुस्थान भन्ने हाम्रा दक्षिने छिमेकी देसाँ ब्यापार अर्न
मुन्टीयाँ रच्चन् ! बिरालाका जस्ता आँखा हुनेरु धुर्त हुन्च्चन् भनेर
शास्त्राँ लेख्या देख्दा-देख्दै पनि तिनका बोलीको प्रभावमा परेर बेपार अर्न के
देका’थे ठ्याक्कै ‘सियो बनेर पसेर फाली बनेर देखाई दिए’ ! सयौ बर्ष गुलामी भर
बाँच्नु पर्यो ! यसै लाई भन्च ‘आ बैल मुझे मार’ अर्थात हाम्रो नेपाले
भाखा चैँ ‘आफ्नु खुट्टाँ आफैले बन्चरो हान्ने’ जस्तोक्या !
गोराकै पाला बाइस्कोप
भन्ने नबोल्ने फिलिम भित्र्या ! त्यहि बाइस्कोपबाट पछी पूर्ण सिनेमा
देखाम्न थाले ! बिच्चा पुस्ताका सुभाष घई भन्ने एकजना हिन्दुस्थानी जसलाई
मुम्बईयाहरुले ‘सोम्यान’ भनेर न्वारान गर्देकाछन् ! ति बुढा खालि नयाँ नयाँ कलकार खोज्छन् !
तिनले बनाको सिनेमा प्राय सुपर देखि डुपर हिट हुन्च्च ! नहोस् पनि कसरि ति
बुढा समयको नाडी छामेर फिलिम बनाम्न माहिर’च्चन ! ‘चोलिके पिच्छे क्या हे’ ? ‘चुनरीके निचे क्या हे’ भनेर भुरा देखि बुढा सम्मको मुटुलाइ ढुकढुक गराम्न खल्ली छन् !
हाम्रो नेपाले देसा
पनि त्यस्तै अर्न मुन पराम्ने पुर्व तिरका ‘छबी ओझा’ नाम गरेका पण्डित छन् ! ति बुढा पनि खाली
सुभास घई जस्तै नयाँ नयाँ कलकार नामका मुर्गा-मुर्गी खोजेर सिनेमा बनाम्न
माहिर थिए ! अझ पनि फिलिम बनाम्दैछन् ! फिलिम बनाम्दै तीन थान बे
अर्न नि भ्याए ! बिच्चा सुनारनी जोइले घांटीयाँ डोरी ला’र बितिन् ! राम्री
कलाकार थिइन् ! किन त्यसो अरिन् तिनैका जोई पोईलाई था’ होला !
पुर्वा एकजना रेखा
नाउँकी राम्री केटी मोडलिंग गर्थिन् ! छबी बाजेले एक झलक के देख्याथे
तिनका रुपाँ भुतुक्क भ’र आफ्नै फिलिममा पैला हिरोनी खेलाए ! पछी लिभिंग टुगेदर गरे ! यो लिभिंग टुगेदर भन्ने चिज चैँ खत्राको हुने रच्च ! संगै बस्ने, खाने देखि आउन बस पियारी मेरो मुटुमा
भन्दै दुइ थान मुटुलाई एक थान सम्म अर्न मिल्ने रच्च !
छबी बाजेले नि त्यस्तै गरे रे !
खै रंगा-भंगा पर्या
हो कि बाजेको बानी व्यहोरा गतिला नभ’र हो वा बिस्तराँ एकै तर
मुन्टा डाइरेक्सन चैँ भिन्न दिशा हुन थाल्यो रे ! यो कुरा तिनै बाजेले अस्ति
एकताका आँखाभरी गह बनार एकजना खबरेलाई सुनाका रच्चन् ! नेपालका खबरे जो परे
! बुढाले भनेका कुरा सत्य छापे कि असत्य छापे तिनै जानून् तर कुनचैँ
छुल्याहाले कल्कारनी रेखालाई मर-मसला लार सुनाइ देच्च ! हिम्मतवाली बनाम्दा
बनाम्दै कलाकार देखि निर्माता हुँदै छबी बुढाझैँ डाइरेक्टर समेत बन्न
सफल भाकी रेखा ‘काली’ बनिन् गाँठे !
स्व.गिर्जा पनि
पूर्वेली हुन्, एकै जिल्लाबासी ! ति स्व.गिर्जाउ पनि बोल्ने बेला दाहिने
हाताँ चोर अम्ला ठड्याएर बोल्थे ठ्याक्कै सक्कल बमोजिम नक्कल अर्दै हाम्री
हिम्मतवाली कालीले “ओइ छबी जोर नखोज ! भात्टीयां बसेर धेरै नखोक ! तँ बुढाले अब मलाइ पाउन सक्दैनस्, मेरो सपना देख्न छोड
! हिम्मत भए मसंग फिलिम बनार कम्पिटिसन गर ! मैले त संग ब्या अर्या भन्ने के परमाण छ ?” भनेर फेस्बुकाँ कुर्लिन गाँठे ! तिनले त्यस्तो भन्या बेला अनुमान अर्नुस् त त्यस्ती राम्री गोरी लाखौ करोडौकी ढुकढुकी हाउरी हिरोनी आफैले बनाको काली नाम्की फिलिम्कै जस्तै काली भइन् कि भैनन् होला ता ?
गल्ति त छबी बुढाकै
होनी ! त्यो बेला लिभिंग टुगेदरको सट्टा झ्याई-झ्याई पारेर ब्या अर्या’भे हिम्मतवालीले ‘मैले त सित बे अर्या
भन्ने के प्रमाण छ ?’ भनेर चोर अम्ला देखाम्न सक्थिन् ? अब क्यार्छौ बुढा ‘के सोचे मैले के भयो ऐले’ भन्दै गीत गा’र बस ! तिन थान बे अर्दानि एक थानलाई नि
ह्याप्पी राख्न नसक्ने तिमि मुन्छी चैँ गतिला हैन रैच्चौ ! अब के अर्च्चौ बुढा तिम्रो त करिमै खोटोरच्च !
हुन त मर्दा दस ओटी
हुन्च्च भंच्चन ! भर्खरको भुराले ता तिन थान बे अर्न भ्याई सकेको नयाँ
लोकतन्त्रे नेपालाँ ! तिम्री जेठी जोइ सारै सिधा रैच्चिन् ! धेरै
भाग्यमानी बुढा तिमिता बौ ब्या मुद्धा ठोकीनन् तिम्रा जेठी जोइले ! माइली
घाटीयाँ डोरी लार मास छर्न गइ हालीन् ! तिम्रो ड्रिम गर्ल्स हिम्मत्वालीले के छ
ब्या अर्या प्रमाण भनी हालिन् ! तिमिता फिलिम क्षेत्राका मुन्च्चि
! हलिउडाँ बाँसा हेलिकोप्टर चढ्ने अघिल्लो दिन सम्म ब्या अर्छन् ! बुढा
पनि फिलिम लैन को मुन्च्चिलाई के सिकाम्नु परो र ! कि गेरु वस्त्र धारणम्
अर्ने कि हिम्मतवालीकै घर अगाडी बाट पन्चे बाजा घन्काएर देखाई दिने नि !
छोराहर्ले नि हेरुन् नि तिन्का बाउको चौथो बे !
कस्तो लाग्यो त बुढा मेरो अइडिया ?
कस्तो लाग्यो त बुढा मेरो अइडिया ?
May 14, 2014 | जनकमान डंगोल
No comments