कवि चन्द्र घिमिरेसँग च्याटभ्यू
֍राम अविकास
सगुने जुम्ली
सिंहदरबार पेटीमा फिँजिएर
सुइटर बुन्छ
जे विनिमय गर्छ लाहुरे नाइ
चाउरे कमाई घर पठाउँछ
जुम्लामा अन्न–भाउ बौलायो रे, सुर्ताउँछ
र 'मेमोरी स्टिक' रसाउँछ
"पैले गोजीमा पैसाको बास महिनौँ हुन्थ्यो
तर ऐले छिनमै हराउँछ
"बाबजुद यी सबै भ
द्रजनहरुलाई भद्र प्रश्न तेस्र्याउँछ
"यी नेताका दुसरा 'इलिम' खोइ ?"
सिंहदरबार पेटीमा फिँजिएर
सुइटर बुन्छ
जे विनिमय गर्छ लाहुरे नाइ
चाउरे कमाई घर पठाउँछ
जुम्लामा अन्न–भाउ बौलायो रे, सुर्ताउँछ
र 'मेमोरी स्टिक' रसाउँछ
"पैले गोजीमा पैसाको बास महिनौँ हुन्थ्यो
तर ऐले छिनमै हराउँछ
"बाबजुद यी सबै भ
द्रजनहरुलाई भद्र प्रश्न तेस्र्याउँछ
"यी नेताका दुसरा 'इलिम' खोइ ?"
जब म कवि चन्द्र घिमिरेको यो कविता पढ्छु, मेरो दिमाग रन्थनिन्छ र
सम्झन्छु- श्रवण मुकारूङलाई। श्रवणले कतै भनेका थिए – "सिंहदरबार हेर्दै
कुरूस चलाउने सगुने जुम्ली र सिंहदरबारभित्र फाइल पल्टाउँदै
कविता लेख्ने चन्द्र दुवैको ‘दुसरा इलिम’ ले नै साँचो
अर्थमा राष्ट्र बलियो हुने हो।"
०२१ सालमा
धरान बजारमा जन्मेका कवि चन्द्र घिमिरेको औपचारिक साहित्य लेखन यात्रो ४०
को दशकबाट प्रारम्भ गरेका हुन् । धरानले अलेखकलाई पनि लेखक बनाउँछ भन्ने मान्यता
राख्ने कवि घिमिरे भन्छन्,
"अहिले पुःन प्रौढ कक्षा शुरु गरेझैँ साहित्य ज्वाइन गरेको छु ।"
कलेजमा छँदा धरानका युवाहरूसङ्ग मिलेर घिमिरेले
‘अर्को जमात’ नामक सांस्कृतिक-साहित्यिक मण्डलीको
संगठनमार्फत धरानमा कविता आन्दोलन सुरु गरेका थिए।
साहित्यमा नलागेको भए एउटा औसत कर्मचारी नै
बाँच्थे हुँला भन्ने कवि घिमिरे साहित्यलाई यसरी परिभाषित गर्छन् – "अभिव्यक्ति सुन्दर भएपछि
साहित्य बन्छ । भाषा यसको माध्यम । अभिव्यक्तिसँग मिसिएर आउने विचार हो र कला हो ।
कविता अभिव्यक्तिका विभिन्न जेनराहरू मध्ये सबैभन्दा उत्कृष्ट तर हदै कठिन
सौन्दर्य हो ।"
पछिल्लो समयमा आफ्ना कविताहरूमा सीमान्तकृत वर्ग, समुदाय, क्षेत्र
र जातिका कमजोर आवाजलाई काव्यको शक्ति दिएका दिँदै आएका कवि चन्द्र घिमिरे भारतको कोलकत्ता स्थित कुटनितिक नियोग प्रमुख (महाबाणिज्य
दुत) छन्। साहित्यको लागि रातीको समय
उभार्ने कवि घिमिरे दिउँसको अफिस समयमा फेसबुक समेत खोल्न चाहँदैनन्।
हालसम्ममा 'डन्ट
टच मी ओ कविताहरु !'
कविता सङ्ग्रह प्रकाशित गरेका कवि घिमिरेको दोस्रो
कवितासङ्ग्रह चाँडैने आउँदैछ। बिहानीको समयमा, दुइदिन अघि च्याटमा भेटिएका बेला मैले कवि घिमिरेलाई सात प्रश्नहरू
सोधेको थिएँ-
के
नेपालमा लेखिइरहेका कविताहरू कविता नै हुन् त ?
बिल्कुल
हुन् । हामीसँग सामान्यतयाः दुई खाले ग्रन्थी छन् । पहिलो, अतिरन्जना कि हामी विश्व स्तरमा
छौँ भन्ने । दोश्रो,
हामीले
लेखेको कवितै होइन भन्ने । सत्य के हो भने हाम्रो समकालिन लेखन गतिवान छ । तथापी
एउटा मानकबाट मुक्त हुन नसकिरहेको अवस्था म देख्छु । भूपि शेरचन अत्यन्त उत्कृष्ट
र सबैभन्दा बढी प्रभाव छाड्ने मेरा प्रिय कवि हुन । तर हामी भने भूपि भन्दा अघि
बढन नखोजे जस्तो छ । नबिर्सौ, भूपिले
साहसका पुरानो समयको लेगासीबाट अघि लम्केका थिए । नयाँ ट्रेन्ड सेटर भएकाले भूपि
भए ।
तपाईँको कविता सङ्ग्रह 'डन्ट टच मी ओ कविताहरू !' कविताको भीडमा कसरी
पृथक भन्न रुचाउनु हुन्छ ?
मैले
मेरो कविताहरूमा नयाँ शैली शिल्पको प्रयोग गरेको छु । नयाँ ट्रेडमार्क दर्ता गर्ने
प्रयास गरेको छु । हिँडीरहेको बाटो भन्दा ‘जरा हटके’ हिँडदा जोखिम जरुर हुन्छ । त्यो जोखिम मोलेको छु ।
भाषागत रुपमा बाहिरबाट भित्राएका शव्दावलीको प्रयोग छ । सँगै यो सँग्रह कम्प्लिट
प्याकेज पनि हो । यसमा निजात्मक भावना, प्रेमालाप, समाजसँगको संवाद छ । विचार साथै कलाको संयोजन पनि ।
त्यसैले काव्यिक भीडमा यो पृथक मेनु हो । सँग्रहमा संकलित ०४८ सालमा लेखिएको ‘डण्ट टच मी ओ कविताहरू’ भन्ने कविता अहिले पनि उत्तिकै मन
पराईनुले पनि यही बताउँछ ।
नश्लबादी चेतका कविताहरू को बाढी आउन थालेको छ - नेपालमा। कसरी हेर्नु भएको छ
यसलाई ?
समाजको
धारणामा आएको परिवर्तन अनुसार मानक भत्कँदै छन् । नयाँ बन्दै छन् । नेपाली
साहित्यमा पनि यो हुँदैछ । समाजको सकारात्मक विकासका लागि आउने हरेक विषयले स्पेश
पाउनु पर्छ । समाजको लागि कवि भावुक र विचारवान भएर मात्र हुन्न जिम्मेवार पनि हुन
सक्नु पर्छ ।
नेपाल
- भारत मैत्री साहित्य सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गरिरहनु भएको छ। के
कस्ता समानाता र फरक देख्नु हुन्छ यी दुई देशका कवितामा ?
नेपाली
साहित्यको कुरा गर्दा पहिले भारतबाट नेपाली साहित्यमा नयाँ ट्रेन्ड सेट हुने
गथ्र्यो । नयाँ वैचारिक मुभमेण्ट पस्किने गरिन्थियो । त्यो भूमिका अहिले नेपालले
बढी लिएको फरकपना देख्छु । समानताको कुरा गर्दा दुवै तर्फ किनारीकृत आवाजहरु
लेखिने गरेका छन् ।
कत्तिको
महत्वपूर्ण मान्नु हुन्छ भारतीय नेपाली कविहरूलाई नेपाली कविताको श्रीबृद्धिमा ?
नेपाली
साहित्यको उन्न्यनमा अहिले तीन थरी लेखकहरु सँलग्न छन् । नेपालका लेखकहरु, भारतका नेपालीभाषी लेखकहरु र अन्य
देशमा रहेका डायस्पोरीक लेखकहरु । जे जस्तो परिवेश र सन्दर्भ भए पनि भारतीय नेपाली
कविहरुको भूमिका ज्यादै सराहनीय छ ।
तपाईँका कविताका बिम्बहरू ल्किष्ट छ भन्छन्। अबको सङ्ग्रहको शैली कस्तो बनाउँदै
हुनु हुन्छ ?
मेरो
कविताहरु कतिपय ज्यादै सरल छन् । जस्तोकि यी ‘नेताका दुसरा इलिम खोइ?’, ‘छापामार जमुनीसित’, ‘कर्नालीको बासलातमा’ वा ‘डन्ट टच मी ओ कविताहरु’, ‘मोडेल जेसिकाको फाइलबाट’, ‘इस्कुससँग दार्जिलिङ’, ‘भुइँचालोपछि धरान’ जस्ता चर्चित कविताहरु । थोरै
कविताहरु अलि जटिल पनि छन् । जस्तो ‘समसामयिक अस्पताल संस्करणका साँझहरु’ २०४९ मा प्रकाशित । त्यो मेरो एक
प्रयोग थियो । कुनै एक दुइ केसलाई लिएर धारणा बनाउन नमिल्ला । तथापी कविता अलि
गँभीर विषय हो । कथा जस्तो त पक्कै सरल नहोला ।
अहिले म
मेरो दोश्रो कविता सँग्रह माथि काम गर्दैछु । यो पहिलोको तुलनामा निकै सरल र फरक
स्वादमा आउँदैछ । गंभिर साथीहरु भन्नुहुन्छ बिम्ब निर्माणमा मेरो आफ्नै ब्राण्ड छ
।
नेपालमा 'एकल कविता वाचन'को बाढि नै देखिन थालेको छ। यस्लाई कसरी हेरिरहनु भएको छ?
मैले पनि
एउटा एकल वाचन मेरो गृहनगरमा प्रस्तुत गर्न भ्याएँ । करीब एक–डेढ वर्ष अघि । तर पेशाका कारणले
मुलुकलाई प्रतिनिधित्व गर्दै विदेशमा रहेकाले चाहेर पनि कतिपय निम्ता पाउँदा पनि
मैले थप ‘एकल वाचन’ गर्न जुरेको छैन । एकलवाचनबाट
संवाद बढेको मान्छु ।
(Published. हेटौँडा सन्देश दैनिक, १९ साउन ०७० स्तम्भ-च्याटभ्यू)
No comments